घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

५) नवलपरासी

नवलपरासी जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री कुल प्रसाद घिमिरे अध्यक्ष बर्दघाट, ९८५७०८०१५५
  2. श्री द्वारीका प्रसाद घिमिरे
  3. श्री विष्णु प्रसाद घिमिरे
  4. श्री केशव प्रसाद घिमिरे
  5. श्री खुनाखर घिमिरे
  6. श्री दामोधर घिमिरे
  7. श्री खुणखर घिमिरे

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे कुल देवता सेवा समिति नवलपरासी गैडाकोट टोलनाथ घिमिरे

नवलपरासी जिल्ला घिमिरे समन्वय समिति गठन भएको जानकारी

२०७० असार ८ गते शविबारका दिन घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको अवधारणा अनुसार महासंघको रुपमा अगाडि बढ्ने क्रममा घिमिरेहरुका कूल देवता पूजा समूह, दिवाली समूह, घिमिरे समाज, घिमिरे प्रतिष्ठान लगायत अन्य ।।।।।।।। समूहहरुको खोजी गरी जिल्ला घिमिरे समन्वय समितिहरु गठन गर्ने प्रक्रिया अनुसार घिमिरे समाज नवलपरासीका अध्यक्ष माकर–४, बर्दघाट, नवलपरासी निवासी श्री कूल प्रसाद शर्मा घिमिरे ९९८५७०८०१५५० को संयोजकत्वमा “नवलपरासी जिल्ला घिमिरे समन्वय समिति गठन” गरियो ।

सो कार्यक्रममा प्रतिष्ठानका सचिव लगायत नवलपरासी जिल्लाका घिमिरे समूहहरुको समेत उपस्थिती रहेको थियो ।

यसरी गठन गरिएको “नवलपरासी जिल्ला घिमिरे समन्वय समिति” मा रहन छुट हुनु भएका नवलपरासी जिल्लामा रहेका आफना समूहहरुलाई समावेश गर्नु गराउनु हुन संयोजकलाई सर्म्पर्क राख्नु हुन समेत जानकारी गराइन्छ ।

अन्यत्र जिल्लाहरुमा पनि घिमिरे समन्वय समितिहरु गठन गरी अगाडि बढ्नको लागि आफनो जिल्लामा रहेका घिमिरेहरुका समूहहरुको खोजी तलासी गरी प्रतिष्ठानमा जानकारी गराई सहयोग गर्नु गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

बंशावली

नवलपरासी जिल्ला घिमिरे समन्वय समितिका संयोजक श्री कूल प्रसाद शर्मा घिमिरेले “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल”को अवधारणा अनुसार घिमिरेहरुका प्रकाशित वंशावलीहरु संग्रहित गरी थप अध्ययन अनुसन्धान गर्नको लागि सहयोग पुग्ने हेतुले “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल” को पुस्तकालयमा संग्रहको लागि प्राप्त हुन आएकोले सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । संग्रहको लागि बंशावली उपलव्ध गराउनु भएकोले नवलपरासी जिल्ला घिमिरे समन्वय समितिका संयोजक श्री कूल प्रसाद शर्मा घिमिरलाई धन्यवाद ।

अन्य स्थानबाट प्रकाशित घिमिरे बंशावलीहरु पनि यस “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल”मा उपलव्ध गराई एकीकृत गर्ने कार्यमा सहयोग गर्नु गराउनु हुन सबै घिमिरेहरुलाई अनुरोध गरिन्छ ।