घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

३) काभ्रे

काभ्रे जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

मिति २०७९ चैञ ४ गते शनिवारका दिन यस घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान काभ्रेको बैठक तथा पनौती नगर भेला जिल्ला संयोजक श्री चेतप्रसाद घिमिरेको अध्यक्षतामा सुसम्पन्न भएको छ । उक्त कार्यक्रममा भएका केहि मुख्य गतिविधिहरु यसप्रकार रहेका छन्ः १) नवराज घिमिरे धिरेनको संयोजकत्वमा पनौती नगरकमिटि गठन गरियो, २) केदारनाथ घिमिरे पाँचखाल, रघुनाथ घिमिरे बनेपा ७, वेदप्रसाद घिमिरे बनेपा २, नमराज घिमिरे समीप बनेपा २ बाट जिल्ला कमिटि संचालनको लागि आवश्यक कोष स्थापनाको लागि नगद सहयोग प्राप्त भयो, ३) कुशादेवीमा वसोवास गरिरहनुभएका बन्धुहरुसंग चिनापरिचय तथा आआफ्नो पुर्खा तथा पूजाविधिहरु आदिका विषयमा महत्वपूर्ण छलफल गरियो, ४) आगामी वैठक आउँदो २०८० जेठ ६ गते शनिवार पाँचखालमा बस्ने निर्णय गरियो । (वैठक व्यवस्थापनमा सहयोग गर्नुहुने जिल्ला कमिटि सदस्य श्री तीर्थप्रसाद घिमिरे र श्यामकुमार घिमिरे बन्धुहरुलाई विशेष धन्यवाद ।)