घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

४) कास्की

कास्की जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

१)  श्री बोधराज घिमिरे अध्यक्ष, ९८४६०५३०७९

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे सेवा समिति कुँडहर पोखरा, कास्की, गण्डकी गोविन्द प्र. घिमिरे

२) घिमिरेबन्धु समाज, काहुँ–१,बडाल थर, कास्की, गण्डकी बोधराज घिमिरे

कास्की जिल्ला काहु गा बि स वडा न -१ बडा लथर मा बसोबास गर्ने घिमिरे बन्धु हरुको कुल मन्दिर सिलान्यास देखी पहिलो कुल पूजा २०७१-०२-२७ गते कुल पूजा सम्म का केही झलक हरु

अभिलेखको लागि बंशावली प्राप्त भएको जानकारी एवं अनुरोध ।

साबिक कास्की सातमुहाने देउराली वडा नं. २ मा बसोवास गर्ने घिमिरे बन्धुहरुले आफ्नो सो क्षेत्रमा रहेका बन्धु–वान्धवहरुको “घिमिरे बंशावली, देउराली” यस प्रतिष्ठानमा संग्रहका लागि यस प्रतिष्ठानका तृतीय उपाध्यक्ष मार्फत पठाउनृु भएकोमा सो प्राप्त भएको जानकारी सहित हार्दिक धन्यवाद छ । प्राप्त सो बंशावलीको मुख्य भागहरुको फोटोहरु सम्बनिधत सरोकारवाला बन्धुवान्धवहरुलाई जानकारीको लागि यसैसाथ सम्प्रेषित गरिएको छ ।

हालसम्म नेपाल भरिका बिभिन्न स्थानमा रहनु भएका घिमिरे बन्धुवान्धवहरुले संकलित गरि तयार गर्नु भएका २८ वटा घिमिरे बंशावलीहरु रहेको जानकारी यस प्रतिषठानमा अभिलेखको लागि प्राप्त भएको ब्यहोरा समेत जानकारी गराइन्छ ।

यदि आफ्नो क्षेत्रमा तयार भएका बंशावली अभिलेखको लागि यस प्रतिष्ठानमा पठाउन छुट भएको भए इच्छुक बन्धुवान्धवहरुले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, ईमेल ठेगाना र उपलब्ध गराउन चाहनु भएको बंशावलीको विवरण उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध सहित जानकारी गराइन्छ । उपलब्ध गराउन चाहने बन्धुवान्धवलाई यस प्रतिष्ठानले सम्पर्क गर्नेछ ।

वंशावली