हाम्रो बारेमा

  • पृष्ठभूमि

काश्यप गोत्रीय हामी “घिमिरे” बन्धुहरु काश्यप ऋषिका सन्तान भएको कुरा मानिदै आएतापनि “घिमिरे” थर कसरी रह्यो भन्ने सन्दर्भमा विभिन्न कथनहरू रहेका छन् ।  उज्जैनमा “व्यास” थरले चिनिएका पुर्खाहरु मुसलमानको दबावका कारणले आप्mनो धर्म, संस्कृती, रितीरिवाज, चालचलन आदि छोड्न नसकि उत्तराखण्डको बाटोबाट नेपालको पश्चिमी भू–भाग तिर पर्ने अल्मोडा, कुमाऊँ हुँदै बाट सिंजा क्षेत्र तिर बसोवास गर्दा जोशी, लगाएत अन्य थरहरुबाट परिचित भएका र बिभिन्न कारणले विचरणको शिलशिलामा पूर्वतर्फ लाग्दै गर्दा गुल्मीको घमिरमा आई बसोबास गर्न थालेपछि "घमिरे" शब्द  अप्रभंश भई “घिमिरे” थर कहलिएको भन्ने एकथरी भनाई छ भने लमजुङको बाहुनडाँडा पुस्तुन स्थित “घेर्मु” वा कालिकोटको “घेरुङ” मा बसोवास गर्न थालेपछि अपभ्रंश भई “घिमिरे” थर कायम हुन आएको भन्ने किंम्बदन्ती पनि रहेको पाइन्छ ।  यी बिभिन्न कथनहरुको सत्य तथ्थवारे खोजविन र अनुुसन्धानको अभिलाषा र प्रयास प्रायः सबै क्षेत्रका घिमिरेबन्धुहरुबाट भए गरेको पाइन्छ ।

यसरी विभिन्न स्थानमा छरिएर रहेका काश्यप गोत्रीय घिमिरेबन्धुहरुको ऐतिहासिक, धार्मिक–सांस्कृतिक, सामाजिक अवस्थाको खोजबिन, अध्ययन र अनुसन्धान समन्वयात्मक रुपमा गर्न तथा सबै बन्धुहरुको वंशावली तयार गराई एकीकृत बंशावली प्रकाशन समेतका कार्यमा समन्वय गरी विश्व भरी छरिएर रहेका घिमिरेबन्धुहरुलाई एकबद्ध गरी सहकार्य गर्ने अभिप्रायले घिमिरेसँग सम्बन्धित विभिन्न प्रतिष्ठान, परिषद्, समाज, समूह, समिति वा संस्थाहरुलाई राष्ट्रिय रुपमा आबद्ध गरी छाता संगठनको रुपमा (महासंघको) कार्य गर्ने संस्थाको आवश्यकता महशुस भएकोले संस्था दर्ता ऐन २०३४ अनुसार “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान” (Ghimire Bandhu National Foundation) नामको यो संस्था दर्ता गरी सञ्चालन गरिएको हो ।

२) प्रतिष्ठानको विकास क्रममा भएका महत्वपूर्ण क्रियाकलापहरु देहाय बमोजिम रहेका छन्ः

क)        काठमाडौं र ललितपुरका बिभिन्न स्थानहरु तथा समयमा भएको छलफल अनुसार २०६६ चैत्र ६ गते ललितपुरमा आयोजित भेलाले “घिमिरेबंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान देवघाटधाम, चितवनका” सहसचिव श्री अजय घिमिरेको संयोजकत्वमा “घिमिरेबन्धु राष्ट्रिय भेला आयोजक समिति–२०६६” गठन भएको ।

ख)        २०६७ फाल्गुन २१ गते ललितपुरमा सम्पन्न “घिमिरेबन्धुहरुको राष्ट्रिय भेला” ले “घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान” को प्रस्तावित विधानमा सामान्य परिमार्जनको सुझाव सहित स्वीकृत गरी नेपाल सरकारका पूर्व सचिव श्री माधव प्रसाद घिमिरेको अध्यक्ष्यतामा १७ सदस्यीय तर्दथ कार्य समिति गठन गरेको ।

ग)         राष्ट्रिय भेलाबाट प्राप्त सुझाव अनुसार विधानमा परिमार्जन गरी २०६७ चैत्र २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा “घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान” नामक संस्था दर्ता भएको ।

घ)  २०६८ फाल्गुन २० गते प्रतिष्ठानको पहिलो साधारण सभा सम्पन्न भएको ।

ङ) २०६९ चैत्र २८ गते प्रतिष्ठानको दोश्रो साधारण सभा सम्पन्न भएको ।

च) २०७. . . . गते प्रतिष्ठानको दोश्रो साधारण सभा सम्पन्न भएको ।

छ) २०७. . . . गते प्रतिष्ठानको दोश्रो साधारण सभा सम्पन्न भएको ।

ज) २०७५ चैत्र २३ गते प्रतिष्ठानको बिशेष अधिवेशन सम्पन्न भएको ।

झ) हालसम्म यस प्रतिष्ठानसंग ४६ जिल्लाका १०५ वटा घिमिरेहरुका संस्थाहरु आबद्ध भइसकेका छन् र यो क्रम निरन्तर जारी रहेको छ ।

ञ) हालसम्म ३६ वटा वंशावलीहरु प्रकाशित भएको यस प्रतिष्ठानमा जानकारी भएको छ र केही वंशावलीहरु यस प्रतिष्ठानको पुस्तकालयमा अभिलेखको रुपमा संग्रहितको रुपमा राखिएको छ । व्यक्तिगत रुपमा वंशावली संकलन र अभिलेखको लागि “घिमिरे बंशावली अभिलेख पुस्तिका” प्रकाशन गरिएको छ ।

ट) प्रकाशनहरुः

(अ) २०७१ देखि भित्तेपात्रो (आ) स्मारिका २०७१ र २०७४ (इ) प्रतिष्ठानसम्बन्धि परिचय पुस्तिका २०६८, २०६९, २०७१ र २०७२ (ई) “घिमिरे बंशावली अभिलेख पुस्तिका”

ठ) बिधान संसोधन २०७५

.      प्रतिष्ठानको उद्देश्य  कार्ययोजनाः

  • प्रतिष्ठानको दीर्घकालीन उद्देश्यहरु देहाय बमोजिम रहेका छन्ः
    • सम्पूर्ण घिमिरे वंश, कुल संस्कृति र परम्पराको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने ।
    • घिमिरे संस्थाहरुबीच पारस्परिक समन्वय, सद्भाव र सहयोगको अभिवृद्धि गर्दै अनुभव आदान प्रदान गर्ने ।
    • घिमिरेबन्धु संग सम्बन्धित संस्थाको संरक्षण, सम्बद्र्धन गरी संस्थागत क्षमता अभिवृद्वि गर्ने तथा घिमिरे प्रतिभाहरुको पहिचान, प्रोत्साहन समेतका कार्य गर्ने ।
    • घिमिरेवंशका कुल पुर्खाहरुले विभिन्न क्षेत्रमा पु¥याएका योगदानको खोजी गरी प्रचारप्रसार गर्ने र यस्ता क्रियाकलाप गर्न पहल र प्रोत्साहन गर्ने ।
    •  समाज तथा समुदायको स्वास्थ्य, शिक्षा र आर्थिक तथा सामाजिकस्तर वृद्वि गर्न सहयोग गर्ने ।
    •  विभिन्न कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक एवं लैङ्गिक समता अभिवृद्धिको कार्य गर्ने ।
    • घिमिरेबन्धुहरुको शैक्षिक तथा सामाजिक हितका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने ।
    • बिश्रान्ति गृह,  पुस्तकालय तथा संग्रहालय आदिको स्थापना एबं ज्येष्ठ बन्धुहरुलाई सामुदायिक आश्रयगृह र दिवा हेरचाह केन्द्र स्थापना र सञ्चालन व्यवस्थाका लागि पहल गर्ने ।
    •  घिमिरेबन्धुहरुको हितको लागि कल्याणकारी कोष स्थापना गरी सञ्चालन गर्न पहल गर्ने ।

)      वंशावली योजना सम्बन्धी निम्न लिखित कार्यक्रमहरु सञ्चालन गर्दै जाने 

  • स्थानीय स्तरमा वंशावली प्रकाशन हुन बाकिं सबै घिमिरे बन्धुहरूको वंशावली प्रकाशन गर्न उत्प्रेरित र सहजिकरण गर्ने ।
  • केन्द्रियस्तरमा घिमिरे संस्थाका एकीकृत वंशावली तयारीका लागि प्रकाशन भएका वंशावलीहरु संकलन र अध्ययन गर्ने ।
  • विभिन्न स्थानमा रहेका घिमिरे वंशको ऐतिहासिक सामग्री र कुल परम्परा आदिको विवरण संकलन गर्ने ।

)     प्रतिष्ठानको संस्थागत विकास योजनासम्बन्धी निम्नानुसारका कार्यक्रमहरु सञ्चालन गर्दै जाने 

  • स्थानीय, जिल्लास्तर र प्रदेश स्तरमा घिमिरे संस्थाका समन्वय समितिहरु गठन गर्ने ।
  • गठन भैसकेका घिमिरेका संस्थाहरूका विवरण संकलन गरी प्रतिष्ठनसंग आबद्ध गराउदै जाने ।
  • समुहमा संगठित हुन बाकिं रहेका घिमिरे बन्धुहरुलाई स्थानीय स् स्थानीय, जिल्लास्तर र प्रदेश स्तरमा आबद्ध हुन उत्प्रेरित गर्ने ।
  • घिमिरेवंशका सबै स्थानीय संस्थालाई सम्बन्धित स्थानीय, जिल्लास्तर र प्रदेश स्तरका समन्वय समितिमा आवद्ध गराउन पहल गर्ने ।

देहायको उद्देश्यका लागि सहकारी स्थापना बारे संभाव्यता अध्ययन गर्ने 

  • घिमिरे बन्धुहरु वीच सहकार्यको भावना जगाउन,
  • घिमिरेबन्धुहरुको हीतका लागि स्थापना हुन सक्ने सम्भावित कल्याणकारी कोषको व्यवस्थापन गर्न,
  • स्थानीय तहदेखि केन्द्रीय      प्रतिष्ठानसम्मको सचिवालयलाई व्यवस्थित गर्न ।

.      सदस्यताको किसिम  प्राप्त गर्ने विधि   यस प्रतिष्ठानमा साधारण सदस्य, संस्थापक सदस्य, सल्लाहकार सदस्य, मानार्थ सदस्य गरी ४ प्रकारका सदस्य रहने व्यवस्था छ ।

            घिमिरेबन्धुका दर्ता भएका वा नभएका संस्था वा समुहहरु ( प्रतिष्ठान, समाज, वंशावली समिति, कुलदेवता पुजा समिति, देवाली समिति, गोठधुप पूजा समिति आदि ) ले केन्द्रीय समितिमा आवेदन गरी यस प्रतिष्ठानको सदस्यता प्राप्त गर्न सकिनेछ ।

       संस्थाको सांगठनिक ढाँचाः  प्रतिष्ठानको कार्यसम्पादन गर्न केन्द्रमा केन्द्रीय परिषद् र कार्य समिति एबं केन्द्रिय समितिको मातहत सचिवालय र विभिन्न विषयगत उपसमितिहरु रहने छन् । मोफसलमा स्थानीय, जिल्लास्तर र प्रदेश समुह वा समितिहरु रहने छन् ।

.      सबै बन्धुहरुमा केन्द्रिय कार्य समितिको अनुरोधः

  • विभिन्न स्थानमा छरिएर रहेका घिमिरेबन्धुहरु स्थानीयस्तरमा आ–आफ्नो कुल समुहमा संगठित भई बन्धु हितका कार्यहरु गर्ने र अरुलाई पनि संगठित गराउन उत्प्रेरित र सहजिकरण गर्ने ।
  • वंशावली प्रकाशन समिति गठन गरी सकभर सबै परिवारका आमा दिदिबहिनी र बुहारीसमेतको नामावली संकलन गरी प्रकाशन गर्ने ।
  • स्थानीयस्तरमा रहेका घिमिरे कूल वंश समूहका ऐतिहासिक सामग्री र कुल परम्परा आदिको विवरण संकलन गरी सुरक्षित साथ राख्ने ।
  • संगठित भईसकेका समूह वा संस्थाहरु र प्रकाशन भई सकेका वंशावलीहरुको विवरण यस प्रतिष्ठानलाई उपलब्ध गराउने ।
  • आफ्नो क्षेत्रका सम्बन्धित सबै समुह वा संस्थाहरुलाई समेटी जिल्लास्तर र क्षेत्रीयस्तरमा समन्वय समितिहरु बनाउन पहल गर्ने ।
  •  घिमिरेबन्धुहरुले  विभिन्न क्षेत्रमा पु¥याएका उल्लेखनीय योगदानको खोजी गरी यस्ता क्रियाकलाप गर्न पहल वा प्रोत्साहन गर्ने व्यक्तिहरुको नाम  प्रतिष्ठानलाई उपलब्ध गराउने ।
  • सबै स्थानीय समुह समिति वा संस्थाहरु यस प्रतिष्ठानमा र सम्बन्धित जिल्ला वा क्षेत्रीय समन्वय समितिहरुमा आवद्ध हुने ।
  • स्थानीयस्तर र जिल्ला वा क्षेत्रीय स्तरमा घिमिरेवंशका बन्धुबीच सहकार्यको लागि  सहकारी स्थापनाको सम्भाव्यता हेरी पहल गर्ने । यसमा घिमिरेका नातेदारसमेतलाई समेट्ने गरी स्थापना गर्न सकिने ।
  • यस प्रतिष्ठान लगायत विभिन्न तहका संस्था वा समुहहरुलाई यथासक्य  सहयोग प्रदान गरी अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने र व्यवहारिक एबं रचनात्मक सुझावहरुप्रदान गर्ने ।

.     विशेष अनुरोधः

घिमिरेवंशका सबै प्रकाशित बंशावलीहरु यस प्रतिष्ठानले खोजी गरी ती प्राप्त बंशावलीहरु बनाउन संलग्न हुनु भएका अनुभवी बन्धुहरुसमेतलाई संलग्न गराई भविष्यमा एकीकृत गरी बृहद् वंशावली बनाउने कार्य गर्ने योजना रहेको हुँदा बन्धुहरुले आप्mनो क्षेत्रहरुमा प्रकाशित बंशावलीहरु प्रतिष्ठानमा उपलव्ध गराई यस कार्यमा सहयोग गर्नु गराउनु हुन विशेष अनुरोध छ ।

 

थप गरियो